
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले संघ र केन्द्र सरकारमा भइरहेको मन्त्री परिवर्तनबारे असन्तुष्टि जनाउनुभएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै नेता डा. रावलले राजनीतिक दलले पहिला नै मन्त्रीको पदावधि तोकेर पठाउन नहुने बताउनुभयो । तोकिएको समयमा अर्को मान्छे मन्त्री बन्न नपाएर रडाको मच्चाएको भन्दै उहाँले यस्ता दृश्य निरङ्कुश व्यवस्थामा पनि नदेखेको बताउनुभयो ।
‘राज्य भनेको कसैको पारिवारिक सम्पत्ति हो र ?’ उहाँले प्रश्न गर्नुभयो, ‘कसैले यति दिन बाँडेर खानुस्, यस्तोले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भनेर पत्याउन सकिन्छ ?’
डा. रावलले निर्वाचमा गठबन्धन गरेर जान नहुने भन्दै एक्ला–एक्दै लडे मात्र लोकतन्त्र सुरक्षित हुने बताउनुभयो । पछिल्लो समय नेपालमा निर्वाचन भनेको ठूला नेताहरूको पद र उनका आसेपासेको पद सुरक्षित गर्ने र बाँडीचुढी खाने मेलो भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्