१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित


52
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यस्तै, प्रदेशसभामा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ ।

बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरु माथि १९ सांसद्हरुले खर्च कटौतीको प्रस्ताव गरेका थिए ।

त्यस्तै, बैठकमा सरकारको विभिन्न मन्त्रालय र निकायहरुको बजेटका शीर्षकहरु माथि १९ जना सांसद्हरुले खर्च कटौतीको प्रस्ताव राखेका छन् ।