१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चालु अधिवेशनमै नागरिकता विधेयक पारित हुन्छ : कानूनमन्त्री


2.717k
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालु अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताउनुभएको हो ।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढन सरकार लागि परेको बताउनुभयो ।

मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थितिनै नभईदिँदा संसदले गर्नुपर्ने कानून निर्माणको काममा ढिलाई हुन गएको उहाँले बताउनुभयो ।