
काठमाडौं । निशा अभिकारीद्वारा अभिनित नेपाली चलचित्र ‘आँखा’को छायाङ्कन सुरु भएको छ ।
बिहीबार ललितपुरको बंगलामुखी मन्दिरबाट चलचित्रको छायाङ्कन सुरु भएको हो ।
चलचित्रको निर्देशक जोन योञ्जनले गर्ने छन् । जोनले निर्देशन गर्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि उनले ‘१२ सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरिसकेका छन् ।
‘आँखा’ चलचित्रमा आलोक शुक्लाको छायङ्कन रहने छ भने दीपक आरोजाले संगीत दिने छन् । चलचित्रमा निशा अधिकारी, लुनिभा तुलाधर, अस्मिता लामिछाने, विजय बराल, प्रविण खतिवडाको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई २०८० मा प्रदर्शन गर्ने लक्ष्य चलचित्र निर्माण कर्ताहरुले राखेका छन् । चलचित्रलाई आर आर फिल्मले वितरण गर्ने जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्