
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन् ।
बिहीबार दिउँसो ३ बजे बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरुले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित कालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि बैठक स्थगित गरिएको छ ।
बैठकमा एमाले उपस्थित भएको थिएन । सत्ता पक्षकै सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । यसअघि असार ८ र १२ गते पनि प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल हुने कार्यसूची थियो । तर, सांसदहरूले बजेट संशोधन नहुँदासम्म छलफल हुन नसक्ने अडान लिएपछि बैठक आजका लागि सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्