
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिनुभएको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो ।
आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
उहाँले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्