
कपिलवस्तु । कपिलवस्तुका तीन साझेदारी वनले तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् ।
कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेको हो ।
उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्न बिरुवा उत्पादन गरि वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो ।
बिरुवाका लागि निवेदन दिने क्रम सुरू भएकाले अब केही दिनपछि वितरण कार्य सुरु गरिने साझेदारी वनका अध्यक्ष गंगेश तिवारीले बताउनुभयो ।
यसवर्ष कपिलवस्तु साझेदारी वनले १ लाख ३० हजार, शिवराज साझेदारी वनले १ लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले १ लाख १० हजार बिरुवा उत्पादन गरेका छन् ।
उपभोक्तालाई बिरुवा निःशुल्क वितरण गरिने सहायक वन अधिकृत प्रेमशंकर गुप्ताले बताउनुभयो ।
यता, डिभिजन वन कार्यालय गौतमबुद्धले पनि यस वर्ष २ लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ ।
बहुवर्षीय बिरुवा अन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गर्ने डिभिजन बन कार्यालयका योजना शाखाका अधिकृत गणेश चौधरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्