
राजेन्द्र बडु, दार्चुला । भारतका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई एक महिनापछि स्वदेश ल्याई बल्ल उनीहरुकै घरतर्फ पठाइदै छ ।
यसरी आ–आफ्ना घर पठाइएकामा एक हजार २ सयभन्दा बढी व्यक्ति रहेका छन् । सीमावर्ती भारतमा रही दित्तु नाकाबाट ८२६ र खलंगा नाकावाट ३८० गरी नेपाल आएका १२ सय ०६ जनालाई उनीहरुकै गाउँतर्फ पठाइएको हो ।
नेपालका ११ जिल्लाबाट पिथौरागडका विभिन्न क्षेत्रमा गएका नेपाली बैतडी, बझाङ कैलाली डडेल्धुरा अछाम सुर्खेत जाजरकोट दैलेख डोटी र दार्चुलाका रहेका छन् ।
उनीहरुलाई सिमापारी धार्चुलाको बरम, बालुवाकोट, निगलपानी र धार्चुलाको स्टेडिममा राखिएको थियो ।
चैत्र १७ गतेदेखि भारतका विभिन्न शिविरमा बसेका नेपालीलाई एक महिना बितेपछि बिहीबार दार्चुलाका दुई ओटा नाका खोलेर स्वदेश ल्याइएको महाकाली नगरपालिका मेयर हंसराज भट्टले जानकारी दिए ।
सीमावर्ती भारतमा रहेका दित्तु नाकाबाट ८२६ र खलंगा नाकावाट ३८० गरी जम्मा १२ सय ०६ जना नेपाल भित्रिएका हुन् ।
खलंगा पुलघाँटबाट आएकाको महेन्द्र नमुना मावि खलंगा र खुलामञ्चमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
दत्तु पुलघाट प्रवेश गरेकाहरुको दत्तु खेलमैदानमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित जिल्लामा पठाइने छ ।
प्रतिक्रिया दिनुहोस्