
काठमाडौं । साताको छैंठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार २५ रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्