
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ ।
फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ ।
फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
फिफाले हारुन मलिकको संयोजकत्वमा सामान्यीकरण समिति गठन गरेको थियो । त्यही कमिटीले गत वर्षदेखि निलम्बन फुकुवाका लागि काम गरिराखेको थियो ।
प्रतिक्रिया दिनुहोस्