१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा


91
Shares

काठमाडौं । कायम मुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीसँगको टसलका कारण मुख्य रजिष्ट्रार लालबहादुर कुँवर बिहीबारदेखि लागू हुने गरी असोज ९ गतेसम्म बिदामा बस्नुभएको छ ।

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ ।

कामु प्रधानन्यायाधीश कार्की अवकास भएपछि मात्र सर्वोच्चमा हाजिर हुनेगरी मुख्य रजिष्ट्रार कुँवर करिब तीन महिना लामो बिदामा बस्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्तासँगै स्वतः निलम्बनमा परेपछि गत फागुण २६ गतेको न्यायपरिषद्को बैठकले कुँवरलाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।

सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस हुने परम्परा तोडेर न्यायाधीशमा सिफारिस गरेको भन्दै कुँवरले अस्वीकार गर्दै आउनुभएको छ ।