
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हज समितिले अनियमिता गरेको अरोप लगाउनुभएको छ ।
साउदी सरकारले नेपालका हाजीमाथि निर्धारित गरेको कोटाको रकममा अनियमितता भएको आरोप लागाउनु भएको हो ।
उहाँले विगत वर्षमा प्रति हाजी २ लाख ३० हजार रुपैयाँ निर्धारित गरेकोमा यस पटक ४ लाख ६३ हजार ८ सय रुपैयाँ निर्धारीत गरेको जानकारी दिनुभयो । उहाँले के कारणले यो शूल्क दोब्बर रुपमा वृद्धि भएको भन्दै यसको आयोगले छानबिन गरेर दोषी माथि कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।
साउदी सरकारले यस पटक नेपालबाट ५ सय ३७ जना हाजीलाई अनुमति दिएको छ । हज समितिका अध्यक्ष समशेर मियाँसहित १२ जनाको टोली हाजीहरुको व्यवस्थापनका लागि साउदी गएपनि कुनै व्यवस्थापन नगरीएको हाजीहरुबाट गुनासो आएको अध्यक्ष अन्सारीले बताउनुभयो ।
समितिले नै बढी शूल्क लिएर खान, बस्नको व्यस्थापन राम्रो नगरेपछि हाजीहरु आक्रोशित भएका छन् । यस सम्बन्धमा गृह मन्त्रालय र हज समितिलाई आयोगले जानकारी गराई सकेको उहाँले बताउनुभयो ।
विशुद्ध रुपमा धार्मिक तिर्थयात्री माथि अन्याय र शोषण भएकाले यसमाथि छानबिन गरी दोषिलाई कारवाही गर्न आयोगले सम्बन्धित निकायमा पत्रचार गरी सकेको छ । हाजीहरुले साउदी हज गर्न जानकालागि गाउँबाट जग्गा बिक्रि गरेर जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्