२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पुवा खोलामा जिप खस्यो, ८ जना गम्भीर घाइते


949
Shares

इलाम । मेची राजमार्गको पुवाखोलास्थित मिलगोलाईमा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिनुभयो ।

घाइते ८ जनालाई झापा रेफर गरिएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । जिपमा ११ यात्रु सवार थिए ।