२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यायपालिकाको शुद्धिकरण गरेर अघि बढ्नुपर्छ : दीपकुमार कार्की


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपकुमार कार्कीले न्यायपालिकाको शुद्धिकरण गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धिकरण गरेर अघि बढ्नुपर्ने बताउनुभउको हो । उहाँले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गर्नुभयो ।

का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुनर्पे बताउनुभयो । उहाँले छुट्टै कानून विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरु समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।