
फाइल तस्बिर
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महामारीमा नेपाल टेलिकमले खेलेको भूमिकाको प्रशंशा गर्नुभएको छ ।
शुक्रबार नेपाल टेलिकम ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कोरोना महामारीमा टेलिकमका कर्मचारीले प्रशंशायोग्य काम गरेको बताउनुभयो ।
उहाँले टेलिकमलाई अझ सुदृढ बनाउनका लागि योजनावद्ध तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।
‘व्यावसाहिक कम्पनी, उत्तरदायी व्यवस्थापन, उत्प्रेरित कर्मचारी र सुदृद टे«ड यूनियन’ भन्ने नारासहित गरिएको कार्यक्रममा नेपाल टेलिकम र दुरसञ्चारका कर्मचारीको उपस्थिती रहेको थियो । उनीहरुले कर्मचारीलाई काममा प्रोत्साहन गर्नका लागि ब्यवस्थापकिय पक्ष बलियो बनाउन सरकारसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्