
काठमाडौं । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधारको आवश्यकता भएको बताउनुभएको छ ।
शुक्रबार आर्थिक पत्रकार समाज (नाफिज)ले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अर्थविद् अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको कर नीति भन्सारमा कर पुगेन भनेर अन्य वस्तुबाट बढी कर उठाएर रहेको बताउनुभयो । अधिकारीले विगत १० वर्ष देखि नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताउनुभयो ।
अर्थविद् अधिकारीले कर सम्बन्धि नीतिगत भ्रष्टाचारका विषयमा ख्याल गर्न नसक्दा नेपालको अर्थतन्त्र भाडा लिने अर्थव्यवस्थामा पुगेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्