
काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् । घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको बेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले बताएका छन् ।
निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए । त्यहाँ आगामी २४ घण्टा भारी वर्षा हुने अनुमान गरिएको छ ।
समाचारका अनुसार रेलमार्ग निर्माणका क्रममा सुरक्षाका लागि ठूलो संख्यामा प्रादेशिक सेनाका जवान तैनाथ गरिएको थियो । मृत्यु हुनेहरुमा केही मजदुर र सेनाका जवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्