१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जोकोभिच विम्बल्डनको चौंथो चरणमा


13
Shares

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर केमानोभिचलाई ६–०, ६–३ र ६–४ ले पराजित गर्दै जोकोभिचले चौंथो चरणमा प्रवेश गरेका हुन् ।

विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले अब डच खेलाडी टिम भानसँग खेल्ने छन् ।

जोकोभिचको यो ३ सय ३० औं ग्रान्डस्लाम जित हो ।