
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज शनिबार बिहानदेखि नै अवरुद्ध भएको हो ।
म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडककोबीचमा ठूलो ढुङ्गा खसेर अवरोध भएको बताउनुभयाे । सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयाे । सडक स्तरोउन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।
नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आवजावत गर्ने सवारीसाधनबीच सडकमा रोकिएका छन्। अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य भएका छन् ।
स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समेत समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्