२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसलाई


13
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा आज भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले एपीएफमाथि २५–१६ २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ ।

उपविजेता एपीएफले २ लाख ५० हजारमा चिक्त बुझायो । त्यस्तै तेस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजार र चौथो परोपकार आदर्श माविले ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।