१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


रुपन्देही र बाँकेमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो


0
Shares

काठमाडौं, बैशाख १९ । कोरोना संक्रमितको संख्या अरु दुई थपिएको छ । रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । संक्रमित व्यक्ति मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।