
ओखलढुंगा । ओखलढुंगामा पुरानो भएर जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी (पहिराे) ले भत्किंने जोखिम बढेको छ ।
वर्षा सुरु हुनासाथ कारागार भन्दा माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किंने जोखिम बढाएको हो । २०४१ सालमा निर्माण गरिएको कारागारको सुरक्षा पर्खाल यसअघि पनि भत्किंएको थियो । वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्षा पर्खाल जतिबेलै भत्किने अवस्था रहेको जेलर रेवन्त दाहालले बताउनुभयो । ३० जनाको क्षमता भएको यो जीर्ण कारागार भवनमा अहिले ८१ जना कैदीबन्दी राखिएको छ ।
क्षमता भन्दा बढी कैदीबन्दी राखिंदा खाने, बस्ने, सुत्ने र शारीरिक व्यायाम गर्ने लगायतका कार्यमा समस्या देखिएको छ । कारागार भवन पुनर्निर्माणका लागि कारागार व्यवस्था विभागमा एक दशक अघिदेखि नै पटक-पटक ताकेता गरिएपनि सुनुवाई भएको छैन् । यस वर्ष पनि महिला कैदीबन्दीका लागि छुट्टै भवन निर्माणका लागि ताकेता गरिएको कारागार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्