१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


केएमसी स्कुलकाे क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि तनाव ग्रस्त


1.677k
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत मृत भेटिएकी कर्मचारीको हत्या भएको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नमान्दा विद्यालय क्षेत्र तनाव ग्रस्त भएकाे छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गल्र्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । तर आज आइतबार बिहान आइपुगेका रमाका आफन्तले घटनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

छानबिनको माग गरेकालाई स्कुल प्रशासनले मिल्न भनेपछि आफन्तहरू थप आक्रोशित बनेका छन् । डेढ वर्षदेखि कार्यरत मृतक रायमाझीको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन नमानेका हुन् ।