२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सप्तकोसीले धार बदल्याे, बाँध बनाउँदै सशस्त्र प्रहरी


1.105k
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ ।

नदीले धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेका छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ ।

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।

बेलका डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हाे ।

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझै बढेको स्थानीयबासी बताउँँछन् ।