१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो


1.092k
Shares

रौतहट । बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।

भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए ।

सोही क्रममा ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमार बेपत्ता भएका थिए भन २७ वर्षीय सुमन साहको स्थानीयले उद्धार गरेका थिए ।

बेपत्ता दुईजनाको शव वृन्दावन नगरपालिका–१ सल्लेरी नदि किनारमा भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनुभयो ।

उनीहरू BR 01 HF 6619 नम्बरको कार चढेर नेपाल आएका थिए । बेपताको खोजी शनिबार देखिनै जारी थियो ।