२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


राहदानी लिने बढे, असार १५ सम्म ४ लाख १६ हजार इ–पासपोर्ट प्रिन्ट


78
Shares

काठमाडौं । विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ३ महिनायता राहदानी लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।

लम्सालले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।

त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।