१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा आधार शिविरमा च्याउ पर्यटन सम्पन्न, पर्यटक रोमाञ्चित (तस्बिरहरू)


286
Shares

काठमाडौं । नेपाली पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक सुरु भएको जंगली च्याउ पर्यटन सम्पन्न भएको छ ।

असार ५ देखि अमेरिकी, मेक्सिकन लगायतका पर्यटक र नेपाली च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविर सम्मको यात्रा गरी च्याउको वस्तुस्थितिको अवलोकन गरेको थियो ।

सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाले नयाँ प्रजातिको च्याउ फेला परेका दाबी गर्दै केही दिनमा अवलोकन भम्रणको प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।

अमेरिकी पर्यटक रिचर्ड एफ सिल्बर, जुलियाना माइरे, मिकी माइरे र ग्लोरिया माईरे लगायतले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नयाँ च्याउको संसारमा पर्यटकीय हिसाबले डुल्न पाउँदा रोमाञ्चित भएको बताए ।

पर्यटकले च्याउको पारिस्थितिक प्रणालीमा खलल नपुयाइ र वैज्ञानिक अनुसन्धानको रूपमा प्रयोग नगरी विशुद्ध पर्यटकीय हिसाबले जंगली च्याउको अवलोकन भ्रमण गर्न पाउँछन् ।

नेपालमा १ सय ८ प्रकार र १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ ।

तस्बिर साैजन्य : मिकी माइरे र ग्लोरिया माईरे