२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा


39
Shares

बैतडी । लगतारको वर्षाले अवरुद्ध बनेको बैतडीस्थित दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग साेमबारबाट खुलेको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले आइतबार राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भएपनि साेमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरू सडक खुलेसँगै गन्तव्यतर्फ लागेका छन् । सडक सञ्चालनमा आएपनि पहिरोको जोखिम भने कायमै रहेको छ ।