१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु, एक वेपत्ता


403
Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा नै एक जना भने वेपत्ता भएका हुन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर मृत्यु भएको हो । नन्द कुमारको बुटवल उपमहानगरपालिका–१९ लाफाचौरस्थित तिनाउ खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भारतबाट सिद्धबाबा दर्शन गर्न आएको ६० जनाको टोली तिनाउ खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा निसादसहित शनि कुमारलाई खोलाले बगाएको थियो ।

दुवै जनालाई खोजी कार्य गर्दा निसादको शव भेटिएको हो भने शनि भने बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।