५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भारतको हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु


130
Shares

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये अधिकांश स्कुलका बालबालिका रहेका छन् । कुल्लु जिल्लाको निओली–शंशेर सडक खण्डमा आज बिहान करिब ८ बजे बस दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा ४५ यात्रु सवार रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

साथै केन्द्र सरकारले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख राहत दिने घोषणा गरेको छ ।