
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ओम्नी कम्पनीको बारेमा छानविन गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
कोभिड–१९ को परीक्षण र उपचारका लागि छिटो औषधि ल्याउनको लागि ओम्नीमार्फत प्रक्रिया अघि बढाइएको बताउँदै उहाँले सरकारलाई ओम्नीविरुद्ध छानविन गर्न चुनौती दिनुभयो ।
‘म औषधि खरिद प्रक्रियामा कुनै गलत काम भएको छ वा छैन भन्दिन,’ उहाँले भन्नुभयो, ‘तर अहिले सरकारमा तपाईंहरू नै हुनुहुन्छ, छानविन गर्नुस् न ।’
अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधि राखेर बजेटको दर हेरफेर गरेको भन्दै अध्यक्ष ओलीले अर्थमन्त्रीमाथि छानविन गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्