
एजेन्सी । अमेरिकाको जर्जिया राज्यको लाग्रान्जमा ३० वर्षीया काइली स्ट्रिकल्याण्ड नामकी मोडल बच्चाहरूको अगाडी नग्न भएको आरोपमा पक्राउ परेकी छिन् ।
मोडल पुल पार्टीका क्रममा दुई लाबालिकाका अगाडि टपलेस भएकी थिइन् । उक्त समयमा उनी सामाजिक सञ्जालमा लाइभ गरिरहेकी थिइन् । मोडललाई नग्न अवस्थामा देखेपछि एक व्यक्तिले उनी विरुद्ध उजुरी दिएका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोडल काइलीको २ लाख ६० हजारभन्दा बढी फ्यानहरू रहेका छन् । उनी सामाजिक सञ्जालमा गरेको लाइभमा एक महिला र दुई बच्चाहरूसँग स्विमिङ पुलमा देखिएकी छिन् । लाइभका क्रममा ती दुबै बच्चाहरूले क्यामेरामा हेरिरहेका थिए । उक्त समयमा नै मोडल काइलीले बिकिनी फुकालेको उजुरीकर्ताले दाबी गरेका छन् ।
अहिले उनी विरुद्ध विद्युतीय पोर्नोग्राफी र बाल शोषणको मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि काइलीले आफ्नो सबै सामाजिक सञ्जाल एकाउन्टहरूलाई निजी बनाएकी छिन् ।
काइलीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुल पार्टीमा जानु अगाडि दुबै बच्चाहरूले मादक पदार्थ पिएको दाबी गरेकी छन् । साथै अरुको बालबच्चाको हेरचाहको जिम्बेवारी आफ्नो नरहेको पनि उनले बताएकी छन् ।
पाइक काउन्टी शेरिफको कार्यालयका प्रवक्ताले भनेका छन्, काइलीले नाबालिकलाई विशेष अर्थका लागि आफ्नो छाती देखाइन् र सामाजिक सञ्जालमा लाइभ गर्न थालिन् । यो कुरा अगाडि आएपछि अनुसन्धानकर्ताहरूले काउन्टी शेरिफको कार्यालयसँग मिलेर यस घटनामा अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्