२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


समिति बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन


936
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद गंगा चौधरी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भनाभन भएको छ ।

सोमबार समितिमा बोल्दै गर्दा सांसद चौधरीले लामो समय बोलेपछि वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाउनुभएका सांसद मुकुन्द न्यौपानेले प्रतिनिधिसभाको बैठक रहेकोले समय घटाएर बोल्न आग्रह गर्नुएको थियो ।

तर, त्यसको जवाफ फर्काउँदै सांसद चौधरीले समय नभए किन बोलाउनुभएको ? भन्दै प्रश्न गर्नुभएको थियो ।

उहाँहरूको भनाभन यस्तो थियोः
सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस् ।
सभापतिः तपाई छोटो बोल्नुस् ।
चौधरीः हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त ! हाम्रो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक ?
सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस् ।

समितिमा सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गर्नुभयाे ।

उहाँले अहिलेसम्म प्रदेशलाई सिपाहीलाई समेत सरुवा गर्ने अधिकार नरहेको भन्दै यो कुरा संघीय संरचनाको विरुद्धमा भएको बताउनुभयो ।

सांसद चौधरीले १० वर्षे जनयुद्धताका विभिन्न त्रास देखाएर जागिर छोड्न बाध्य बनाएकालाई उमेर हद ननाघिसकेका व्यक्ति हेरेर प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा भर्ती गर्नुपर्ने बताउनुभयो ।

‘१० वर्षे जनयुद्धताका विभिन्न डरमा राखेर जागिर छोड्न बाध्य बनाएका उमेर हद ननाघिसकेका व्यक्तिलाई प्रदेश प्रहरी र केन्द्रीय प्रहरीमा समेटेर जानसक्दा उचित हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो बेलाका जागिरेहरूलाई डर र त्रास देखाएर जागिर छोड्न बाध्य पारिएको थियो ।’