२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनगढी उपमहानगरको नगरसभामा कुर्सी फालाफाल


728
Shares

कैलाली । धनगढी उपमहानगरको नगरसभामा कुसी फालाफाल भएको छ ।

आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

बैठकस्थलमा कुर्सी फालाफालसँगै होहल्ला भएपछि बैठक अवरुद्ध भएको थियो । यसबारेमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जवाफ दिए पनि आफूलाई चित्त नबुझेको उपमेयर रानाले बताउनुभयो ।

नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिको समर्थन गरेका छन् ।