२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाका दोस्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्छ : महामन्त्री शर्मा


130
Shares

अमेरिका । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्ने बताउनुभएको छ ।

अमेरिकाको नर्थ क्यारोलाइनामा जारी एनआरएनए ज्ञान सम्मेलन तथा ११औं साधारण सभाको उदघाटन कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री शर्माले नेपालको गौरवको बारेमा बताउनुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले नेपाल बाहिर रहेका र गैर आवसीय नेपालीहरूलाई मताधिकार र नागरिताको विषयमा नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको र नेपालको संविधानले सो अधिकार दिने भनिसकेको स्मरण गराउनुभयो ।

महामन्त्री शर्माले नेपालको समग्र समुन्नतिको लागि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।विदेशमा बसोबास गर्ने नेपालीहरूले जलविद्युत्, अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

महामन्त्री शर्माले ज्ञान सम्मेलनमार्फत नेपालको सम्वृद्धि र समग्र नेपालको उन्नति र विकासमा सहयोग गर्नसमेत आह्वान गर्नुभयो ।