
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताउनुभएको हो ।
सांसद पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत रहेको स्पष्ट पार्नुभयो ।
पोखरेलले वाम–लोकतान्त्रिक तथा वाम–समाजवादी गठबन्धन गर्नुपर्ने पनि मत रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्