२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्रीले तत्काल पद त्याग्नुपर्छ : सांसद भण्डारी


572
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताउनुभएको हो ।

शर्माले पद नछोेडेमा सरकारले कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । सांसद भण्डारीले जनतलाई राज्यप्रति अविश्वास हुने गतिविधि गर्नु नहुने बताउनुभयो ।

सांसद भण्डारीले नागरिकता विधेयक संसदबाट छिटोभन्दा छिटो पारित हुनुपर्ने बताउनुभयो ।