३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


मन्त्रीहरू फेर्नु स्वागतयोग्य : सांसद साह


390
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले मन्त्रीहरू हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले पार्टीले मन्त्रिपरिषद् हेरफेर गर्नु स्वागतयोग्य भएको बताउनुभएको हो ।

उहाँले पार्टीले मन्त्रीहरू बनाउँदा समावेशी बनाउन नसकेको बताउनुभयो । मन्त्री हेरफेर गर्न पार्टी अध्यक्षलाई अधिकार दिइए बमोजिम निर्णय भएको उहाँको भनाइ छ ।

‘विगतमा पनि समावेशी भनेरै पठाएको थियौं, अहिले पनि समावेशी भनेरै पठाएको छौं,’ उहाँले भन्नुभयो, ‘यहाँ समावेशी पनि धेरै कुरामा हुन्छ नि त ! महिला, दलित चाहियो । अन्य जातजातिलाई पनि हेर्नुपर्यो, स्वागतयोग्य निर्णय छ ।’

सांसद साहले पार्टी फुटाउनु जरुरी नभएको बताउनुभयो । पार्टी फुटाउनु लोकतन्त्रलाई कमजोर पार्नु भएको उहाँको भनाइ छ ।