१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


४५ किलोको एउटै खुट्टा भएकी यी मोडल,जसको पीडा यस्तो छ


3.25k
Shares

एजेन्सी । अमेरिकाकी २४ वर्षीया मोडल महोगनी गेटरको एउटा खुट्टा ४५ किलोको छ ।

कयौं पटक मानिसहरू आफ्नो जीवनको सानो तिनो समस्याका कारण हार मान्ने गर्छन् । तर, कोहि व्यक्ति जीवनमा जस्तो सुकै समस्या भएपनि हासेर अघि बढ्ने गरेका छन् । मोडल महोगनी गेटर त्यस्तै साहसी व्यक्ति मध्येकी एक हुन् ।

सुन्दर रुप भएकी र प्रतिभाशाली मोडल गेटर जन्मदेखि नै अरू बच्चा जस्तो साधारण थिइनन् । उनी जन्मदेखि नै उनलाई लिम्फेडेमा नामको रोग लागेको थियो । यो रोगका कारण उनको देब्रे खुट्टा सुन्निएको, मोटो र बाक्लो छ । जसको तौल नै ४५ किलो रहेको छ । यो रोगले शरीरको नरम तन्तुहरूमा तरल पदार्थ जम्मा गर्ने काम गर्छ । सबैभन्दा डरलाग्दो कुरा के छ भने यो रोगको कुनै उपचार नै छैन । यसरी खुट्टामा जम्मा भएको एक्सेस फ्लुइलाई फिजियोथेरापी वा लिम्फ्याटीक ड्रेनेज मसाजबाट मात्र सुधार गर्न सकिन्छ ।

उनको यस्तो अवस्थालाई देखेर धेरैले नराम्रो कमेन्ट गर्ने आलोचना गर्ने गरेका छन् । तर, उनले यस्ता कुराहरूको कुनै प्रबाह नगरि अघि बढीरहेकी छन् । उनी सामाजिक सञ्जाल मार्फत आफ्नो खुट्टा र असक्षमतालाई गर्वका साथ देखाउने गर्छिन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गेटर लामो समयसम्म आफ्नो खुट्टाका कारण आफुलाई असक्षम भएको अनुभव गर्थिन् । तर, बिस्तारै समय बित्दै जादाँ लिम्फेडेमा समुदाय र आफ्नो आमाको समर्थनले आफू निकै सुन्दर रहेको महसुस गरिन् । रुप भन्दा पनि आफू मानिस राम्रो भएको उनको भनाई छ । उनी सबैका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।