१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान नगरकोटी घाइते


117
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी घाइते भएकी छन् ।

सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको दौरानमा रेनुका घाइते भएकी हुन् । उनको ब्युटि बोन भाँच्चिएका कारणले शल्यक्रिया गर्नुपर्ने भएको छ ।

महिला टोलीकी फिजियो आभास्ना राजभण्डारीका अनुसार सोमबार नै उहाँको शल्यक्रिया हुनेछ । उहाँको शल्यक्रिया ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा हुनेछ ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकाले नेपालमा भदौमा हुने भनिएको महिला साफ च्याम्पियनसिप गुमाउने प्रवल सम्भावना रहेको छ ।

साफ च्याम्पियनसिप यहि भदौ १३ देखि २५ सम्म नेपालमा हुनेछ ।