
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ ।
पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको हाहाकार भोगिरहेका बगरफाँटबासीलाई बाढी र पहिरोको जोखिम पनि छ ।
मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी, पहिराले मुहान र पाइपमा क्षति पुर्याएपछि यहाँका २ सय ८ घर परिवारलाई खानेपानीको समस्या भएको बगरफाँट खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि त्यहाँका बासिन्दा कुवा र खोलाको धमिलो पानी खान बाध्य भएका हुन् । पाँच दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्