१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


बैठकको मुखमा प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेट, दाहालसँग अलग्गै भेटेपछि बल्ल सचिवालय बैठक


0
Shares

काठमाडौं, बैशाख २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बालुवाटारमा बस्नुअघि प्रधानमन्त्री केपी ओली शितलनिवास पुगे र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टाभन्दा बढी भेट गरेका उनले त्यसअगाडि सचिवालयका बहुमत सदस्यलाई आफ्नो पक्षमा पारेका थिए ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओली झण्डै झण्डै पद गुमाउने अवस्थामा पुगिसकेका थिए । तर अनेकन कसरतपछि बहुमत सदस्य आफ्नो पक्षमा पारेपछि उनी राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए ।

त्यहाँबाट फर्किएपछि पनि उनले पहिले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने अभियानमा जोडतोडले लागेका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अलग्गै भेट गरे । त्यसपछि मात्रै सचिवालयको बैठक गरेका छन् ।

दाहाललाई ओलीले आफू कुनै पदबाट पनि नहट्ने प्रष्ट गरिदिएका हुन् ।

अघिल्लो सचिवालय बैठकमा वामदेव गौतमलाई राष्ट्रिय सभामा पनि लैजाने, संविधान संशोधन वा निर्वाचन लडाएरै भएपनि प्रधानमन्त्री बनाउन आफू तयार भएको प्रस्ताव ओलीले फालेका थिए । ओलीको त्यो प्रस्तावपछि एकाएक नेकपाका पार्टी समीकरणमा फेरबदल देखियो र ओली बहुमतमा देखिए ।

ओलीले दाहालसँग अलग्गै भेटेजस्तै दाहाल र नेपालले पनि अलग अलग भेटवार्ता गरेका थिए ।

पार्टीमा दुई अध्यक्ष भएपनि अघिपछि आफू एकापट्टी र दाहालसहितका अरु सदस्यलाई अर्कातिर राखेर बैडक गर्ने ओलीले आज भने दाहाललाई पनि आफूसँगै राखेर बैठक गरेका छन् ।