२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछामको मंगलसेन निषेधित क्षेत्र घोषणा


338
Shares

कैलाली । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

विनोद शाही मृत्यु प्रकरणमा गरिएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै यस्ताे घाेषणा गरेकाे हाे । मंगलसेनलाई अनिश्चित समयसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । घटनाको विषयमा गरिएको प्रदर्शनमा सरकारी कार्यालयमा तोडफोड गरिएको र दैनिक कामकाजमा समेत अवरोध पुगेकाले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।

मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत, सरकारी वकिल कार्यालय बैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिका र कृषि ज्ञान केन्द्रको आसपासको क्षेत्रमा विरोधका कार्यक्रम गर्न रोक लगाइएको हो । गत स्थानीय तह निर्वाचनपछि अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही मृत भेटिएपछि मंगलसेनमा लामो समयदेखि तनाव हुँदै आएको छ ।

आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।