
एजेन्सी । भारतीय डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टरलाई लिएर विवाद बढ्दै गएको छ ।
फिल्म काली अहिले नयाँ समस्यामा फसेको देखिएको छ ।निर्देशक लीना मणिमेकद्वारा निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा कालीले चुरोट तानिरहेको देखाइएपछि विवाद सिर्जना भएको हो । फिल्म ‘काली’को पोस्टरमा कालीले एक हातमा समलैंगिक समुदायको सप्तरंगी झण्डा बोकेको पनि देखाइएको छ । झण्डा र चुरोटबीच विवाद बढ्दै गएपछि यो मामिला भारतीय प्रहरी समक्ष पुगेको छ ।
फिल्म निर्माता तथा निर्देशक लीनाले जुलाई २ मा आफ्नो डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर सेयर गरेकी थिइन् । त्यसपछि पोस्टर विवादमा आएको हो ।
प्रहरीको आईएफएसओ युनिटले फिल्मको विवादित पोस्टरको विषयमा फिल्म निर्देशक लीनालाई यसविरुद्ध धर्म र जाति समुदायको भावनामाथि आघात पुर्याएको आरोपमा मुद्दा दर्ता गराएको छ ।निर्देशक लीनलाई बोलाएर आवश्यक सोधपुछ गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
‘फिल्म एक यस्तो घटनामा आधारित छ, मुख्य पात्र घुम्दै जाँदा काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा घुमिरहेकी हुन्छिन् । यो कथालाई आपत्ति मान्नुपर्ने केही छ जस्तो लाग्दैन ।’ निर्देशकले फिल्मको पोस्टर विवादमा गएपछि यसो भनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्