
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार थप तीन जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो ।
अहिलेसम्म मृतकको पहिचान खुलेको छैन । अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्