
काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा र श्रेष्ठ प्रेमी राहुल मोक्तान मंगलबार साँझ विवाह बन्धनमा बाँधिएका छन् ।
मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ । सदिक्षाले नेवारी परम्परा अनुसार विवाह गरेकी हुन् । उनीहरूले विवाहमा आफन्त र निकट व्यक्तिहररूलाई मात्र बोलाएका थिए ।
पूर्वमिस नेपाल सदिक्षा र उनका प्रेमी राहुलले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । पूर्व मिस नेपाल सदिक्षा सन् २०१० को मिस नेपाल विजेता हुन् ।
प्रतिक्रिया दिनुहोस्