३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा ४६ अंकले गिरावट


117
Shares

काठमाडौं । साता दिनजसो उच्च अंकले सुधारिएर सोमबार सामान्य अंकको करेक्सन आएको शेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ४६ अंकले झरेर २ हजार ३० मा आएर थामियो । कारोबार हिजोको तुलनामा घटेपनि ३ अर्ब नजिक रह्यो । सबै समूह राताम्मे रहँदा दुबै बीमा समूहमा २ सय अंकमाथिको गिरावट आयो ।

उत्पादनमूलक, लघुवित्त र विकास बैंक समूह पनि सय अंक बढीले झरे । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे । य दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ८६ लाख कित्ता बढी शेयर २ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ७५ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा जम्मा १७ कम्पनीको मूल्य बढेको पनि नेप्सेले जनाएको छ । घटेको बजारमा पनि सीवाईसी लघुवित्त, ङ्यादी ग्रुप पावर र आँधिखोला लघुवित्तका लगानीकर्ता भने मालामाल रहे ।