२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


निर्वाचन सम्बन्धि विधेयकमा कांग्रेसले गर्‍यो छलफल सुरु


26
Shares

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ ।

मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयक बारे छलफल सुरु गरिएको हो ।

उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टी भित्र प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रिय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रिय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रिय सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।