१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘पोन्नियिन सेल्भान’मा विक्रमको फर्स्ट लुक बाहिरियो, राजाको भूमिकामा देखिदै


5.629k
Shares

एजेन्सी । पछिल्लो समयमा दक्षिण भारतीय फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गरिरहेका छन् ।

‘केजीएफ’, ‘आरआरआर’, ‘पुष्पा’ र ‘विक्रम’ जस्ता फिल्महरूले बक्स अफिसमा केही यस्ता रेकर्ड बनाएका छन्, जसले सबैलाई चकित बनाएको छ । यसैबीच, मणिरत्नमको ‘पोन्नियिन सेल्भान १’ को चर्चा सामाजिक सञ्जालमा निकै बढेको छ ।

यो फिल्मबाट बम्पर कमाईको अपेक्षा फिल्म निर्माण पक्षले गरेको छ । हालै फिल्मको मोसन पोस्टर रिलिज भएको थियो, जसमा भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनको फर्स्ट लुक  सार्वजनिक भएको थियो । अब यो फिल्मको अर्का कलाकारको पनि पोस्टर सार्वजनिक भएको छ ।

 ऐश्वर्याको  फर्स्ट लुक पोस्टर पछि दक्षिण भारतका अभिनेता  विक्रमको फर्स्ट लुक पनि सार्वजनिक भएको छ । यो फिल्ममा उनी राजकुमार आदित्य करिकालनको भूमिकामा देखिनेछन् । विक्रमको यस फिल्मको फर्स्ट लुकको लागि उनका प्रसंशकहरू लामो समयदेखि पर्खिरहेका थिए । विक्रमको फर्स्ट लुक निकै शानदार देखिन्छ । जसलाई हेरेर फिल्म निकै राम्रो हुने अनुमान गर्न सकिन्छ ।