१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकै अग्लो स्थानमा गीत रेकर्ड गर्ने गायकलाई गिनिज बुक अफ वर्ल्डको प्रमाणपत्र


1.755k
Shares

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सोलुखुम्बुका गायक टेकबहादुर राईको टोलीलाई प्रमाणपत्र दिइएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व किर्तिमानी नेपाली युवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

सोलुखुम्बुको खारे स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायाँकन गरेर ‘द हाईएष्ट म्यूजिक भिडियो अन ल्याण्ड’ विधामा विश्व किर्तिमान कायम भएको हो ।

किर्तमानी टोलीमा गायिका माया गुरुङ, गीतकार तथा निर्देशक बुद्धिराज राई, मोडल सृजना किराँती र शिखरजङ्ग श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस अवसरमा संगीतकार धनकुमार राई, एरेञ्जर, राजु कार्की सिनेमाटोग्राफर गंगाराम राई, बाद्यबादक शिवराज जोशी र डम्बर सिंह राईलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको छ ।